रामेछाप नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा न्यौपानेले गराए मनोनय दर्ता



१२ वैशाख, रामेछाप ।

रामेछाप नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट लवश्री न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । न्यौपानेसँगै नगर उपप्रमुखमा बालाकुमारी थापा कार्कीमा उम्मेदवारी दर्ता गराएकी छिन् । नगर प्रमुख नगर उप्रमुखसहित नगरपालिकाको नौ वटै वडामा कांग्रेसका उम्मेदवारहरुले पनि मनोनयन दर्ता गराएका छन् ।

वडा नम्बर १ को वडाअध्यक्षमा रेखबहादुर खत्री,वडा नम्बर २ मा सुशिलहरि बख्रेल, वडा नम्बर मा दल बहादुर प्रधान, वडा नम्बर ४ मा कृपा थापा मगर, वडा नम्बर ५ मा हरिशचन्द्र श्रेष्ठ,वडा नम्बर ६ मा राजेश तामाङ,वडा नम्बर ७ मा समिर कार्की,वडा नम्बर ८ मा सन्तोष तामाङ र वडा नम्बर ९ मा दिर्घ बहादुर श्रेष्ठले वडा अध्यक्षको लागि कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले रामेछापको आठ वटा स्थानीय तह मध्ये रामेछाप नगरपालिका जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्