सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादीबाट तामाङले दर्ता गराए उम्मेदवारी



१२ वैशाख, रामेछाप ।
सुनापति गाउँपालिकामा अध्यक्षका लागि नेकपा माओवादीबाट ठूलो कान्छा तामाङले उम्मेदवारी दर्ता गरएका छन् । माओवादीले उपाध्यक्षमा भने पुनः गीता विष्टलाई नै दोहोर्याएर टिकट दिएको छ । उपाध्यक्षकी उम्मेदवार विष्टले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । उपाध्यक्षमा माओवादीबाटै सीता कुमारी मोक्तानले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन् ।

माओवादीबाट वडा नम्बर १ गुन्सीबाट पुनः चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीबाट पदम थापामगर, वडा नम्बर ३ हिलेदेवीबाट कुल बहादुर थिङ, वडा नम्बर ४ बेथानबाट दण्डुप लामा र वडा नम्बर ५ खनियापानीबाट चित्र मानन्धरलाई माओवादीले वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गत निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित पालिकाको पाँच वटै वडामा माओवादीले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्