गोकुलगंगा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्षमा क–कसले गराए उम्मेदवारी दर्ता (नामसहित)



१३ वैशाख, रामेछाप ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि गोकुलगंगा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहित ३२ पदको लागि एक सय भन्दा बढीको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षको लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाका उम्मेदवारहरुले मनोनय दर्ता गराएका छन् ।
गोकुलगंगा गाउँपालिकाकाको अध्यक्षको एमालेबाट अध्यक्षमा पुनः खड्गबहादुर सुनुवार र उपाध्यक्षमा राधिका श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । गत निर्वाचनमा एमालेबाट सुनुवार र श्रेष्ठ निर्वाचित भएका थिए । पाँच बर्षे कामको मुल्याकंन गर्दै एमालेले पुनः दुवै जनालाई उम्मेदवार बनाएको छ ।
यसैगरी नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनेका काजी बहादुर खड्का, उपाध्यक्षको उम्मेदवार उषा वस्नेत कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादीबाट रुद्र प्रसाद फ्याल, नेकपा माओवादी केन्द्रबाट विष्णु बहादुर कार्की, र राप्रपाबाट तुलसीलाल नेवारले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन भने राप्रपाबाट उर्मिला श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्