रामेछापमा ३३६ पदका लागि १३६९ जनाले गरे उम्मेदवारी दर्ता, कुन पदमा कति ?



१२ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटा वडामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १३६९ जनाले मनोनय दर्ता गराएका छन् । आइतवार र सोमवार गरी विभिन्न पार्टी र स्वतन्त्रबाट गरी उक्त उम्मेदवारी दर्ता भएको हो । आठ वटा स्थानीय तह रहेको रामेछापमा ६ गाउँपालिका र दुई नगरपालिका रहेको छ ।

दुई वटा नगरपालिका रहेको रामेछापमा नगरप्रमुखको लागि १५ र नगरउप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी ६ वटा गाउँपालिकाबाट अध्यक्षमा ४१ र उपाध्यक्षमा ३४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख मधुकर साहले रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार वडा अध्यक्षमा ३०२, महिला सदस्यमा २३७, दलित महिला सदस्यमा २१७ र वडा सदस्यमा ५१० गरी १३ सय ६९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिएका मध्येबाट रामेछाप जिल्लामा ३३६ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्