उमाकुण्ड गाउँपालिकामा ६९ जनाको उम्मेदवारी दर्ता



१३ वैशाख, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष उपाध्यक्ष र ६ वटा वडाबाट गरी ३२ पदको लागि ६९ जनाको उम्मेदवारी परेको हो । निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले उम्मदवारी दिएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ ।
नेकपा एमालेबाट शेरबहादुर सुनुवारले पुनः अध्यक्षको लागि उम्मेदवारी दिएका छन् । एमालेबाट गंगा कार्कीले उपाध्यक्षमा उम्मेदवारी दिएकी छिन् । कांग्रेसबाट अध्यक्षमा जितबहादुर कटुवाल र उपाध्यक्षमा सावित्री सुनुवार, माओवादी केन्द्रबाट अध्यक्षमा लक्ष्मी वस्नेत र उपाध्यक्षमा अनन्त खड्काले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्