रामेछापको भटौलीमा एमालेका ३९ जनाले दिए सामुहिक राजिनामा (नामसहित)



१४ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचनको मिति नजिकदै जादा राजनीतिक दलहरुबीच पार्टी फेरबल गर्ने श्रंखला नै चलेको छ । दल परिवर्तन गर्ने क्रम झन तीब्र गतिमा गतिमा अघि बढेको छ । विशेषगरी टिकट वितरणप्रति असन्तुष्टि जनाउदै पार्टी फेरबदल बढदै गएको छ ।
यसैबीच मन्थली नगरपालिका–७ भटौलीमा वडा कमिटीमा सहमति विपरीत उम्मेदवार छनोट गरिएको भन्दै एमालेका ३९ जना नेता कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएको घोषणा गरेका छन् । वडा कमिटीका बहुमत सदस्यले गर्नुपर्ने निर्णय पाँच जना व्यक्तिहरु बसेर गरेकोप्रति असन्तुष्टि जनाउदै उनीहरुले पार्टीबाट राजिनामा दिएको बताएको छन् ।
विज्ञप्ती जारी गर्दै नेकपा एमालेले भटौलीमा रहेका कार्यकर्ताहरुको भावना अनुसार कुनै पनि काम गर्न नसकेको र पार्टीपत्ती व्यक्तिप्रति हावी भएको बताउदै भटौलीका नेता तथा कार्यकर्ताहरुले एमाले छोडने निर्णयमा पुगेको उल्लेख गरेका छन् ।
पार्टीबाट सामुहिक राजिनामा दिनेहरुमा नगर कमिटीका सदस्यदेखि, वडा कमिटीका सदस्यहरु रहेका छन् । विज्ञप्ती जारी गर्ने ३९ जना नेता कार्यकर्ताहरुले आफूहरु अबबाट स्वतन्त्र नागरिकको भूमिकामा रहने जनाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्