अब हप्ताको दुई दिन विदा दिने सरकारको निर्णय



१४ वैशाख, काठमाडौं । अब सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले दुई दिन विदा निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कार्यालय समय भने विहान ९ः ३० देखि ५ः ३० सम्‍म बढाइएको छ । सरकारले ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी विहान ९ः ३० साँझ ५ः३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्