कांग्रेस महामन्त्री शर्माद्धारा दिपेन्द्र खड्कालाई जितको शुभकामना



१६ वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टीबाट सुनापति गाउँपालिकाको उम्मेदवार बनेका दिपेन्द्र खड्कालाई जितको अग्रिम शुभकामना दिएका छन् । पार्टीले टिकट वितरणमा यस पटक युवा पुस्तालाई अघि बढाएको बताउदै निर्वाचन कुनै पनि हातलमा जित्न गरी लाग्न सुनापति गाउँपालिकाका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

राजधानीमा आयोजित चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दिपेन्द्र खड्लाई पार्टीले विश्वास गरेर टिकट दिएकाले पार्टीका सबै नेता कार्यकर्ताहरु एकताबद्ध भएर खड्लाई जिताउने अभियानमा लाग्न आग्रह गरे । उनले भने,‘टिकट वितरणमा असन्तुष्टि हुन सक्छ, तर पार्टीले निर्णय नै गरिसकेको अवस्थामा अब गुनासो होइन, जिताउने काममा लाग्नुहोस ।’

प्रतिक्रिया दिनुहोस्