दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी–कांग्रेसबीच चुनावी तालमेल गर्ने सहमति



१६ वैशाख, रामेछाप ।
उम्मेदवारी दर्ता गरेपछि रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । आज कांग्रेसबाट दोरम्बा गाउँपालिकाको लागि अधयक्षमा उम्मेदवारी दिएका मान बहादुर लामाले उम्मेदवारी फिर्ता लिएसँगै चुनावी तालमेल गर्ने सहमति भएको हो ।

दुई पार्टीबीच अध्यक्षमा माओवादीका उम्मेदवार मैन कुमार मोक्तानलाई सहयोग गर्ने र उपाध्यक्षमा खमला थापामगरलाई जिताउने सहमति भएको माओवादी दोरम्बा शैलुङ गाउँ कमिटीका इन्चार्ज एवं दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले रामेछाप न्युजलाई बताए । उनका अनुसार वडा नम्बर ३ टोकरपुरमा कांग्रेसका वडा अध्यक्षलाई मतदान गर्ने र बाँकी रहेको वडामा स्वास्थ्य प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्