खाँडादेवी गाउँपालिकामा कांग्रेस–माओवादीबीच चुनावी गठबन्धन गर्ने निर्णय



१६ वैशाख, रामेछाप ।
जिल्ला स्तरबाट गठबन्धन हुन नसकेपछि एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच अन्तिम समयमा आएर रामेछापको दुई स्थानीय तहमा चुनावी गठबन्धन भएको छ ।

कांग्रेस र माओवादीबीच खाँडादेवी गाउँपालिकाको अध्यक्ष कांग्रेस लिने र उपाध्यक्ष माओवादीले लिने सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेसबाट गाउँपालिकाका उम्मेदवारी नवराज थोकर र माओवादीबाट उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले हस्ताक्षर गरेको सहमतिमा निर्वाचनमा दुवै पार्टीले साझा उम्मेदवारलाई सघाउने प्रतिबद्धता जनाइएको छ ।

आज भएको सहमति अनुसार गठबन्धनको चाहना र भावना अनुसार चुनाव जिताउने गरी दुवै पार्टीले आफ्ना कार्यकर्तालाई परिचालन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्