गोकुलगंगा गाउँपालिकामा चुनाव जित्ने खड्काको दावी



१७ वैशाख, रामेछाप ।
गोकुलगगा गाउँपालिकामा काग्रेसबाट उम्मेदवार बनेका काजी बहादुर खडका (दिनेश)ले स्थानीय तहमा आफ्नो पार्टीले निर्वाचन जित्ने दावी गरेका छन् । चुनाव प्रचार प्रसार अन्तर्गत आज गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गाउँपालिकामा चुनावी जित्नको लागि पार्टीको सांगठानिक अवस्था बलियो रहेको बताएका हुन् ।

उनले आफू निर्वाचित भएपछि गोकुलगंगालाई समृद्ध बनाउने योजना अघि सारेको बताउदै गाउँपालिकाको विकास गर्न सबैको साथ र सहयोग लिएर अघि बढने बताए । उनले गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो पार्टीलाई मत दिन पनि आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्