रामेछाप नगरपालिकामा यस पटक मलाई जनताले जिताउछनः पाख्रिन



१७ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछाप नगरपालिकाकाबाट नगरप्रमुखका उम्मेदवार रोशन पाख्रिनले यस पटक रामेछाप नगरवासीले आफूलाई जिताउने दावी गरेका छन् । उनले गत निर्वाचनमा पराजित भएर पनि जनताकै सेवामा पाँच बर्ष काम गरेको बताउदै यस पटक जिताउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

रामेछाप नगरपालिकाको ओख्रनीमा आयोजित घरदैलो अभियानलाई आइतवार सम्बोधन नगरप्रमुखका उम्मेदवार पाख्रिनले आफूले गरेको कामको मुल्यांकलन गरेर पनि नगरवासीले मत दिने विश्वास व्यक्त गरे । उनले भने,‘जिल्ला अस्पतालको अध्यक्ष भएर अस्पतालाई नमूना बनाएर देखाए, अब रामेछाप नगरपालिकालाई पनि देशकै नमूना बनाएर देखाउने योजना छ ।’ उनले नगरको विकास र समृद्धिको लागि पनि आफूलाई मतदान दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्