दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी–कांग्रेसले थाल्यो चुनावी अभियान (फोटोफिचर)



१७ वैशाख, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनले आजबाट चुनावी अभियान अघि बढाएको छ । उम्मेदवारी फिर्ता लिने दिन दोरम्बा शैलुङ गाउँपालिकामा माओवादी र कांग्रेसबीच गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सिट बाँडफाँटमा सहमति भएको थियो । सहमति अुनसार माओवादीबाट मैन कुमार मोक्तान मदनलाई अध्यक्ष र कांग्रेसबाट खमला थापा मगरलाई उपाध्यक्ष बनाइएको छ ।

माओवादीले पार्टीको तर्फबाट उपाध्यक्षको उम्मेदवारी फिर्ता गराएर कांग्रेसँग गठबन्धन गरेको थियो । पालिका स्तरमा अध्यक्ष उपाध्यक्ष बाँडफाँट गरेको माओवादी कांग्रेसले वडा तहमा भने स्वास्थ्य प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।
आजबाट दुई दलले गाउँपालिकाको वडा नम्बर ४ तामाङ दर्गाबाट चुनावी अभियान सुरु गरेका छन् । अभियानमा अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तान, उपाध्यक्षकी उम्मेदवार खमला थापामगर, नेपाली कांग्रेसबाट वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार रेतु थापा मगर लगायतका नेताहरुको सहभागीता रहेको थियो । चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्