मन्थलीमा एमालेको चुनावी अभियानः भोट माग्दै श्रेष्ठ



१९ वैशाख, रामेछाप ।
नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी घरदैलो सुरु गरेको छ । नेकपा एमालेका तर्फबाट मन्थली नगरपालिकाको नगर प्रमुखका उम्मेदवार लब श्रेष्ठ र उपप्रमुखकी उम्मेदवार ईश्वरी बस्नेत सहित उम्मेदवारहरुले नगरपालिका–३को कठजोरबाट अभियान सुरु गरेको हो ।
अभियानको क्रममा नगरप्रमुख उम्मेदवार लव श्रेष्ठले मन्थली नगरपालिकाको विकासको लागि आफूलाई मतदान गर्न आग्रह गरेका थिए । उनले पाँच बर्षको अवधिमा नगरपाकिलालाई समृद्धि बनाउने आफूसँग योजना रहेको बताउदै मत दिएर निर्वाचित गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्