खाँडादेवीमा चुनावी अभियानः टोलटोलमा पुगेर भोट माग्दै एमाले (फोटोफिचर)



१९ वैशाख, रामेछाप ।
नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी अभियान तीब्र बनाएको छ । एमालेबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ, उपाध्यक्षकी उम्मेदवार रमा घिसिङ सहितको टोली वडाको टोलटोलमा भोट माग्न व्यस्त बनेका छन् । चुनाव आउन अब ११ दिन बाँकी रहदा एमालेले पालिकाको नौ वटै वडामा चुनावी अभियान तीब्र बनाएको हो । आइतवार राकाथुममा घरदैलोसँगै चुनावी सभा गरेको एमालेले आज मझुवामा कार्यक्रम सम्पन्न गरेको छ । एमालेबाट गाउँपालिकाका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले आगामी निर्वाचनमा आफ्नो पार्टीको जित हुने दावी गरे । उनले विगतमा पार्टीले जितेर गाउँपालिकालाई समृद्ध बनाउने काम सुरु गरेको बताउदै बाँकी कामलाई पनि एमाले नै अघि बढाउने बताए । उनले भने,एमालेप्रति जनताको विश्वास छ सांगठानिक रुपमा पनि हामी बलियो छौ, जित्नेमा कुनै शंका नै छैन ।

प्रतिक्रिया दिनुहोस्