रामेछापको विकास गर्न एमालेले जित्नु पर्छः ढुंगेल



१९ वैशाख, रामेछाप ।
नेकपा एमाले रामेछापका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य कैलाश ढुंगेलले रामेछापको विकास गर्नको लागि एमालेले जित्नु पर्ने बताएका छन् । आफू बागमती प्रदेशको आर्थिक मामिला मन्त्री हुँदा रामेछापमा अहिलेसम्म हुन नसकेको विकासको काम भएको दावी गर्दै उनले सडक लगायतका पूर्वाधार निर्माणको काम अघि बढेको बताएका हुन् । ढुंगेलले एमालेले मात्र विकासको सपना साकार पार्न सक्ने बताउदै आगामी स्थानीय तहको निर्वाचनमा पनि रामेछापको सबै स्थानीय तह जित्ने बताए ।

दोरम्बा शैलुङ गाउँपालिकामा आज एमालेले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ढुंगेले अन्य पार्टीले जिल्लाको विकास गर्न नसक्ने बताउदै विकास गर्न एमालेले नै चाहिने बताए । रामेछापको स्थानीय तहको निर्वाचनमा जित्नबाट कुनै पनि शक्तिले एमालेललाई रोक्न नसक्ने बताउदै जनताको काम गरेकै कारण जनस्तरमा पार्टी बलियो रहेको बताए ।

कार्यक्रममा एमालेका नेता रत्न गौतमले दोरम्बा गाउँपालिकाको विकास गर्न एमालेले जित्नु पर्ने बताए । उनले एमालेले जितेपछि विकासको काम कसरी गर्नुपर्छ भन्ने उदाहरणकै रुपमा काम गर्ने दावी गरे ।कार्यक्रममा नेकपा एमाले दोरम्बा शैलुङ गाउँपालिका अध्यक्षका उम्मेदवार टंक चौलागाईले गाउँपालिकालाई आफू निर्वाचित भए पाँच बर्षमा गाउँपालिकालाई समृद्ध बनाउने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्