यस्तोे छ खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउने ज्ञान कुमार श्रेष्ठको योजना (भिडियो)



२१ वैशाख, रामेछाप ।
नेकपा एमाले खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठले पाँच बर्षमा खाँडादेवी गाउँपालिकालाई हराभरा बनाउने बताएका छन् । उनले गाउँपालिकाको अधिकाशं क्षेत्र सुख्खाग्रस्त रहेको बताउदै भटौली खोलाको मुहानमा ड्याम निर्माण गरेर अधिकाशं क्षेत्रमा सिचाईंको व्यस्था गरिने बताएका हुन् । अध्यक्षका उम्मेदवार श्रेष्ठले भने,‘भटौली खोलाको मुहानमा बर्षाको पानी संकलन गर्ने र हिउदमा सिचाई गर्ने योजना छ, यो खाँडादेवी गाउँपालिकाको मुख्य योजना हो, यसबाटै गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ ।’

गाउँपालिकाभित्रका अधिकाशं जमिन बाजो रहेको छ, सिचाइँको व्यवस्था नहुँदा खेतीयोग्य जमिन त्यसै खेर गइरहेको छ, अब योजनाबद्ध रुपमा कृषि क्षेत्रको सुधारको लागि ड्याम निर्माण मार्फत गाउँपालिकाको मुहार फेरिनेछ, उनले भने । ‘अब गाउँपालिकाका बारीलाई खेत बनाएर कृषिको आधुनिकरण गछौं’, श्रेष्ठले भने,‘खाँडादेवी गाउँपालिकावासीको साथ र सहयोग लिएर यो योजना सम्पन्न गर्ने नीति बनाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्