रामेछापमा माईक्रोवस पल्टाएर चालक फरार, घाइतेहरुको उपचार हुँदै



२१ वैशाख, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका –६ सेलेघाटमा माईक्रो बस दुर्घटना भएको छ । काठमाडौंबाट मन्थली तर्फ जादै गरेको बा २ ख ४१८० नम्बरको माईक्रो (हाईस) सेलेघाटमा दुर्घटना भएको हो । सडकबाट करिब २० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । दुर्घटनामा परी यात्रुहरु घाइते भएका छन् । स्थानीय र प्रहरीको सहयोगमा घाईतेहरुलाई उद्वार गरी उपचारको लागी शुभजिवन अस्पताल र सुनकोसी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएका छ । प्रहरीका अुनसार चालक मन्थली नगरपालिका–४ सालु बस्ने नारद खड्का फरार रहेका छन् ।

माईक्रोवसमा सवारी दस जना घाइते भएका छन् । घाइते मध्ये दोलखा बिगु गाउँपालिका–३ बस्ने बर्ष २३ की स्वस्तिका श्रेष्ठ दाहिने आखाँमाथी चोट लागेको छ । उनका छोरा १० महिनाको आनन्द श्रेष्ठ दाहिने आँखामाथी चोट लागेको प्रहरीले बताएको छ । रामेछाप लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने बर्ष ५६ को केशर बहादुर सार्की टाउको र बायाँ हात र बाया खुट्टामा चोट लगेको छ । त्यसैगरी उनकै छोरा बर्ष १६ को अनिस सार्की टाउको ढाड र वाँया कानमा चोट लागेको प्रहरीले बताएको छ । खाँडादेवी

गाउँपालिका–१ बस्ने बर्ष ३७ की सविना मोक्तान टाउकोमा र दाहिने हातमा चोट रहेको अवस्था गम्भीर रहेको बताउदै प्रहरीले उनकै छोरा बर्ष ६ को सिजन मोक्तान दाहिने आँखामाथि चोट लागेको छ ।सिन्धुली कमालामाई नगरपालिका–११ बस्ने बर्ष २६ को शिवहरी बुढाथोकी दाहिने खुट्टामा चोट लागेको छ भने मन्थली नगरपालिका–(५ बस्ने बर्ष ३७ को सिताराम कार्की ढाडमा चोट लाग्दा अवस्था गम्भीर रहेको बताइएको छ । मन्थली नगरपापलिका – १ बस्ने बर्ष ४१ कुमार थापाकाे निदारमा चोट लागेपनि अवस्था सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु प्रसाद ढकालले गम्भीर घाइतेहरुको शुभजीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचार भइरहेको र फरार चालकको खोजी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्