खाँडादेवी गाउँपालिकामा आर्शिवाद लिदै भोट माग्दै अध्यक्षका उम्मेदवार श्रेष्ठ



२१ वैशाख, रामेछाप ।
खाँडादेवी गाउँपालिकामा चुनावी अभियान तीब्र बनाएको छ । गाउँपालिकाभित्र टोलटोलमा चुनावी अभियान सञ्चालन भइरहेको छ । नेकपा एमालेले पनि खाँडादेवी गाउँपलिकामा चुनावी अभियानसँगै घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

आज खाँडादेवी गाउँपालिका–४ पकरवासको रजगाउमा एमालेबाट गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र उपाध्यक्ष रमा घिसिङले मतदाताहरुसँग आर्शिवाद लिएर भोट मागेका छन् । मतदातासँगै भोट माग्दै अध्यक्षका उम्मेदवार ज्ञान कुमार श्रेष्ठ एक पटक मत दिएर गाउँपालिकामा काम गर्ने अवसर दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्