दोरम्बा शैलुङ गाउँपालिकामा गठबन्धनको जितलाई कसैले रोक्न सक्दैनः मोक्तान



२२ वैशाख,रामेछाप ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी शैलुङ दोरम्बा गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले पालिकामा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धनमा आबद्ध दलहरुको उपस्थिति बलियो रहेको बताउदै जित्नेमा कुनै शकां नै नरहेको बताएका हुन् ।

दोरम्बा शैलुङ गाउँपालिकाको डडुवामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार मोक्तानले विगतमा माओवादी नेतृत्वको सरकारले पालिकाको विकासमा महत्वपूर्ण काम गरेकाले यस पटक पनि जिताउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मान बहादुर लामा, दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तान, माओवादी केन्द्रका नेतृ सुनिता गौतम, नेपाली कांग्रेसबाट उपाध्यक्षकी उम्मेदवार खमला मगर लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्