खाँडादेवी गाउँपालिकामा चुनाव जित्नेमा ढुक्क छौः थोकर



२२ वैशाख, रामेछाप ।
नेपाली काग्रेस खाँडादेवी गाउँपालिकाका अध्यक्षका उम्मेदवार नवराज थोकरले यस पटक चुनाव जित्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । उनले कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको बताउदै पालिकाभित्र पार्टीको सांगठानिक अवस्था पनि बलियो भएकाले चुनाव जित्ने आधार रहेको बताएका हुन् ।

खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउने योजना आफूहरुले अघि सारेको बताउदै विकास र सुशासनका लागि गठबन्धनले जित्नु पर्ने बताए । थोकरेले भने,‘चुनावी अभियानमा गठबन्धनको पक्षमा जनताको व्यापक उत्साह छ, गठबन्धन बनेको कारण जित्ने बलियो आधार तयार भएको छ, हामी सुविधाजनम बहुमतसहित चुनाव जित्छौ ।’

खाँडादेवी गाउँपालिकाका–९ पिङखुरीमा विहिवार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार थोकरले चुनाव जितेपछि पालिकालाई समृद्ध बनाउन आफूहरुसँग स्पष्ट योजना रहेको बताए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रबाट पालिकाका उपाध्यक्षका उम्मेदवार मान बहादुर लामाले पालिकामा गठबन्धनको जित सुनिश्चित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
7iVMP1R, ABJV, 7kO1, WM1bg0LGVWeB, RzQXMtK, 4KFToJ0v5, jzm3TnaxFR1, 2mgN7pKjp9NyiH, DUGlyoV6tfLTQQT, GFAUQqbv