चुनावका लागि रामेछापमा १ हजार ११२ कर्मचारी खटाइयो, को कहाँ ? (नामसहित)



२३ वैशाख, रामेछाप ।
स्थानीय तहको निर्वाचनको लागि रामेछापमा १ हजार ११२ जना कर्मचारी खटाइएको छ । रामेछापका आठ स्थानीय तह र ६४ वडामा हुने निर्वाचनका लागि कर्मचारी खटाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मन्थलीले आठ स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अकिृत, सहायक कमजारी (मतदान नामावली रुजु गर्ने) सहायक कर्मचारी (मतदातालाई मतपत्र दिन) र सहयोगी कर्मचारी खटाएको छ ।
रामेछापमा रहेका ९२ मतदान स्थल र २२३ मतदान केन्द्रका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले बताएको छ । सबै भन्दा बढी कर्मचारी मन्थली न गरपालिकामा २३५ र सबै भन्दा कम गोकुलगंगा गाउँपालिकामा एक सय जना कर्मचारी खटाइएको छ । उमाकुण्ड गाउँपालिकामा १०७, लिखु तामाकोसी गाउँपालिकामा १३०, सुनापति गाउँपालिकामा ११५, खाँडादेवी गाउँपालिकामा १३५, दोरम्बा शैलुङ गाउँपालिकामा १३५ र रामेछाप नगरपालिकामा १५५ जना कर्मचारी खटाइएको छ । रामेछापमा १ लाख ७८ हजार मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्