सुनापति गाउँपालिकामा दिपेन्द्र खड्कालाई जिताउनु मलाई जिताए बराबर होः गगन थापा



२४ वैशाख, रामेछाप ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुनापति गाउँपालिकामा कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिपेन्द्र खड्कालाई जिताउनु आफूलाई जिताए बराबर भएको बताएका छन् ।

उनले खड्कालाई जिताउन पार्टीपत्ती प्रतिबद्ध भएर लाग्नु पर्ने भएका हुन् । आज सुनापति गाउँपालिकाको हिलेदेवीमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै थापाले भने,‘अध्यक्षका उम्मेदवार खड्काको म दाई पनि हो साथी पनि हो, पालिकामा कांग्रेसले जितेपछि यहाँको विकास निर्माणमा मेरो पनि साथ रहनेछ ।’ उनले कांग्रेसलाई विजयी गराउन दायाँबायाँ नगरी एक ढिक्का भएर लाग्न निर्देशन दिदै उनले पार्टीलाई सानदार ढंगले जिताउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्