गोकुलगंगा गाउँपालिकामा कांग्रेसले चुनाव जित्छः खड्का



२५ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार काजीबहादुर खड्का (दिनेश)ले पालिकाको चुनाव आफने पार्टीले जित्ने बताएका छन् । उनले कांग्रेसको सांगठानिक अवस्था मजबुद्ध भएको र जनताको उत्साह भएकाले चुनावी जित्ने बताएका हुन् । चुनावी अभियानमा जनताले कांग्रेसप्रति देखाएको मायाको कारण आफूहरु उत्साहित भएको बताउदै पाँच बर्षे कार्यकालमा पालिकालाई नमूना बनाएर देखाउने बताए ।


को हुन काजीबहादुर खड्का ?
स्वर्गीय बुबा पूर्ण बहादुर खड्का तथा आमा पदम कुमारी खड्काको १३ औं सन्तान मध्ये सबै भन्दा कान्छो छोराको रूपमा २०४३ सालमा जन्मिएका काजीबहादुर खड्को जन्म गोकुलगंगा गाउँपालिका–५ नामाडीमा भएको थियो । उनी २००७ को आन्दोलनको क्रममा स्वर्गीय हजुरबुबा मुक्ती सेनाको हवल्दार भएर काम गरेको कारण पारिवारिक रूपमा उनी कांग्रेसको विचारसँग जोडिएका थिए ।

२०४६ सालमा प्रजातन्त्र आएपछि बुबा पुर्ण बहादुर खड्का शिक्षक पेसा छोडेर साबिक नामाडी गाविसको अध्यक्ष भएर काम गरेको कारण राजनीतिमा लागेका थिए । कमलादेवी मावि नामाडीमा कक्षा १ मा उनी अध्ययन गर्ने क्रममा हाल नेपाली कांग्रेस रामेछापका पार्टी सचिव समेत रहेका दाजु दीपक खड्का कक्षा ५ मा अध्ययन गर्ने क्रममा उनको नेतृत्वमा तत्कालीन अबस्थामा शिक्षकहरुले राजनीतिक गरेको भन्दै कालो झण्डा देखाएर बिरोध गरेपछि त्यति बेला ठूलो मुद्दा बन्न पुगेको थियो ।

परिवारमा दुई जना दाईहरु राजनीतिमा सक्रिय भएको कारण काजीबहादुर खड्का थप राजनीतिमा सक्रिय हुने वातावरण सृजना भएको थियो । २०७२ सालमा नेपाली कांग्रेसको १३ औं अधिबेशनबाट तत्कालीन नामाडी गाविसको पार्टी सभापति भएर काम गरेका उनी २०७३ भाद्र १३ गते सम्पन्न भएको नेपाल तरुण दल रामेछापको जिल्ला अध्यक्ष बनेका थिए । उनी गत निर्वाचनमा नामाडीमा २२ मत अन्तरले वडा अध्यक्षमा पराजित भएका थिए । उनै काजीबहादुर खड्कालाई यस पटक कांग्रेसले पालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्