दोरम्बा शैलुङ गाउँपालिकामा हाम्रो जित सुनिश्चित छः मोक्तान (भिडियो)



२५ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार मैन कुमार मोक्तानले पालिकामा आफूहरुको जित सुनिश्चित रहेको बताएका छन् । उनले पालिकामा सांगठानिक रुपमा पार्टीको उपस्थिति बलियो रहेको जनताको माया आफ्नो पार्टीलाई रहेको कारण जित निश्चित रहेको बताएका हुन् ।
मोक्तानले पालिकालाई समृद्ध बनाउन योजना आफूले अघि सारेको बताउदै विगत पाँच बर्षमा पालिकाभित्र धेरै राम्रो काम भएको बताए । उनले भने,‘माओवादीले चुनाव जित्दा विकास हुन्छ भन्ने विश्वास जनतामा परेको छ, अबको पाँच बर्ष थप समृद्ध बनाउने अभियानमा प्रतिबद्ध भएर लाग्छु ।’
मोक्तानले सडक शिक्षा, स्वास्थ्य खानेपानी, पर्यटन पूर्वाधार लगायतको काममा आफूले विशेष ध्यान दिने बताउदै जनताले आफूहरुलाई जिताउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्