रामेछापमा मदिरा बेच्न र सेवन गर्न प्रतिबन्ध, अटेर गरे ठाउँको ठाउँ कारवाही हुने



२५ वैशाख, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ।

स्थानीय तह निर्वाचन यही बैशाख ३० गते हुँदैछ। निर्वाचनलाई लक्षित गरेर प्रशासनले मदिराको प्रयोगमा रोक लगाएको हो।

वैशाख २७ गते मध्यरातदेखि निर्वाचनको परिणाम नआउदासम्म का लागि मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । विज्ञप्तीमा प्रतिबन्ध लगाएको अवधिमा मदिराज्य पदार्थ विक्रिवितरण गर्ने र सेवन गर्नेमाथि कारवाही गरिने चेनावनी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्