अबको पाँच बर्षमा सुनापति गाउँपालिकालाई समृद्ध बनाउँछौः ठूलोकान्छा तामाङ (भिडियो)



 २६ वैशाख, रामेछाप ।
नेकपा माओवादी सुनापति गाउँपालिकाका अध्यक्षका उम्मेदवार ठूलोकान्छा तामाङले आगामी पाँच बर्षमा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् । उनले गत निर्वाचनमा माओवादीले गरेको प्रतिबद्धता अनुसार पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएको बताउदै बाँकी रहेका अधुरा काम पाँच बर्षभित्र सम्पन्न गरिने बताएका हुन् ।

तामाङले भने,‘मध्येपहाडी लोकमार्ग (डहु) हुँदै बेथान हिलदेवी गाल्वा हुँदै शैलुङ जाने सडक कालोपत्रे हुन्छ, हामी पाँच बर्षको अवधिमा पालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म जाने मुख्य सडक कालोपत्रे गर्ने गरी योजना बनाउँछौं ।’ पालिकाभित्र स्वास्थ्य क्षेत्रमा धेरै काम भएको बताउदै निर्माणाधिन अस्पताललाई छिटो सम्पन्न गरेर आवश्यक सेवा सुविधा उपलब्ध गराइने बताउदै उनले कृषि पर्यटन, शिक्षा लगायतको क्षेत्रलाई विशेष योजना बनाएरै विकास गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्