एक पटक मौका दिनुहोस, मन्थली नगरपालिकालाई नमूना बनाएर देखाउँछौः लव श्रेष्ठ (भिडियो)



२६ वैशाख, रामेछाप ।
नेकपा एमाले मन्थली नगरपालिकाका नगरप्रमुखका उम्मेदवार लव श्रेष्ठले नगरपालिकालाई समृद्ध बनाउन आफूहरुसँग योजना रहेको बताएका छन् । उनले रामेछापलाई चिनाउने मन्थली नगरपालिका भएको बताउदै नगरपालिकाको विकासका लागि एक पटक मौका दिन नगरवासीहरुसँग आग्रह गरेका छन् । श्रेष्ठले भने,‘मन्थली नगरपालिकामा विकासको जग हालिएको छ, अबको पाँच बर्षमा नमूना नगरपालिका बनाएर देखाउँछौं ।’

नगरपालिकाको केन्द्र मन्थलीबाट सबै वडा कार्यालयसम्म जाने सडकको स्तरउन्ती गर्ने कार्यलाई आफूले प्राथकिता दिने बताउदै उनले कृषि, पर्यटन, स्वास्थ्य शिक्षाको विकासमा विशेष ध्यान दिने बताए । खानेपानीको अभाव रहेको वडाहरुमा खानेपानीको समस्या समाधान गर्न तत्काल काम अघि बढाउने नीति रहेको बताउदै श्रेष्ठले नगरपालिकाको विकासको लागि सबैसँग समन्वय गरेर अघि बढने बताए ।

प्रतिक्रिया दिनुहोस्