पाँच बर्ष उमाकुण्ड गाउँपालिकामा राम्रो काम भएकाे छ,अझै राम्रो गरेर देखाउँछौः शेरबहादुर सुनुवार (भिडियो)



२६ वैशाख, रामेछाप ।
नेकपा एमाले उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेदवार शेरबहादुर सुनुवारले पाँच बर्षे कार्यकालमा उमाकुण्ड गाउँपालिकामा विकासको जग हालेर राम्रो काम गरेको बताएका छन् । उनले आफूहरुको कार्यकालमा समृद्धिको आधार तयार पारिएको बताउदै बाँकी पाँच बर्ष समृद्ध पालिका बनाउने योजनालाई सार्थकता दिने बताएका हुन् ।

उनले भने,‘हामी निर्वाचित हुँदा सडकको अवस्था निकै नाजुक थियो, पाँच बर्षको अवधिमा सडकको सुधारदेखि धेरै पूर्वाधार निर्माणको काम सम्पन्न गरेका छौं ।’ सुनुवारले विद्युतीकरणको काम थोरै प्रतिशत मात्र बाँकी रहेको बताउदै अधुरो कामलाई तत्काल सम्पन्न गर्ने योजना रहेको बताए । उनले कृषि, पर्यटन स्वास्थ्य शिक्षा क्षेत्रको विकासमा पाँच बर्षमा धेरै सुधारको काम भएको बताउदै बाँकी अधुरो कामलाई पनि आगामी दिनमा तीब्रताको साथ अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्