सुनापतिमा एमालेको चुनावी सभाः चुनाव जित्ने दावी



२६ वैशाख, रामेछाप ।
चुनावी अभियान अन्तर्गत सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा नेकपा एमालले चुनावी सभा सम्पन्न गरेको छ । पाँच वटै वडामा घरदैलो अभियान सम्पन्न गरेर आज एमालेले हिलेदेवीमा पालिका स्तरीय चुनावी सभा सम्पन्न गरेको हो ।चुनावी सभालाई सम्बोधन गर्ने नेताहरुले यस पटक सुनापतिमा एमालेको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

एमालेका पोलिटब्यूरो सदस्य कमल चौलागाईले सुनापति गाउँपालिकामा यस पटक एमालेले चुनाव जित्ने दावी गरे । उनले पालिकामा विगतको भन्दै सांगठानिक रुपमा धेरै बलियो भएकाले पनि चुनाव जित्ने बताए ।एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले रामेछापमा यस पटक एमालेले विगतको भन्दा राम्रो परिणाम ल्याउने बताए । उनले विगतमा सांगठानिक रुपमा कमजोर रहेपनि यस पटक सुनापति गाउँपालिकामा चुनावी जित्ने आधार तयार भएको बताए ।

एमाले सुनापति गाउँपालिकाका अध्यक्षका उम्मेदवार ज्ञान कुमार योञ्जनले पाँच वटै वडामा जनताले पार्टीप्रति देखिएको उत्साहको कारण चुनाव जित्नेमा आफू विश्वस्त रहेको बताए । उनले पार्टीपत्ती एकताबद्ध भएर लागेको र एमालेप्रति जनताले देखाएको मायाको कारण पनि चुनाव जित्ने बताए ।

त्यसैगरी सभालाई सम्बोधन गर्दै एमालेका नेता दीपेन्द्र कुमार कार्कीले सुनापतिमा यस पटक एमालेको जित सुनिश्चित रहेको बताए । उनले भने,‘यस पटक चुनाव जित्नेमा ढुक्क छौ, मजुबद्ध संगठन निर्माण हुनु नै एमालेले जित्ने आधार हो ।’

प्रतिक्रिया दिनुहोस्