उमाकुण्ड गाउँपालिकामा कांग्रेसको चुनावी अभियानः नाच्दै गाउँदै भोट माग्दै



२६ वैशाख, रामेछाप ।
उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेले चुनावी अभियान तीब्र बनाएको छ । घरदैलोे कार्यक्रम अन्तर्गत कांग्रेसले चुनावी अभियानलाई तीब्रता दिएको हो । कांग्रेसबाट उमाकुण्ड गाउँपालिकाका अध्यक्षका उम्मेदवार जित बहादुर कटुवासहित पार्टीबाट उम्मेदवार भएकाहरु घरदैलोमा व्यस्त छन् । चुनावी अभियानमा कलाकारको टोलीपनि साथै रहेको छ । गायक प्रकाश कटुवालसहितको कलाकार टोलीले अभियानमा गीत गाउने र नाँच्ने कार्यक्रमले अभियान झन रोचक बनेको छ । गीत र नृत्यसँग कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट माग्ने कार्यलाई निरन्तरता दिएका छन् ।

यसैबीच कांग्रेसबाट पालिकाका उम्मेदवार बनेका जित बहादुर कटुवालले कृषि क्षेत्रको विकास गरेर मात्र पालिका समृद्ध हुने योजना अघि सारेका छन् । उनले विदेश वा शहरबाट गाउँ फर्किएका युवाहरलाई गाउँमा नै कृषि, पशुपालन, अन्य उद्योगमूलक तथा रोजगारमूलक कार्य गर्ने युवाहरुलाई २ लाख रुपैया व्यवसाय सञ्चालन गर्न अनुदानको व्यवस्था गरिने प्रतिबद्धता जनाएका छन् । वस्नेतले प्रिति र बाम्तीमा १५ शैयाको अस्पताल स्थापना गर्ने, आँखा केन्द्र स्थापना गर्ने, गर्भवती महिलाका लागि घरपाएक पर्ने स्थानमा भिडियो एक्सरे तथा रगत, पिसाव जाँचको बन्दोबस्त गर्ने जस्ता योजना अघि सारेका छन् ।

उमाकुण्ड गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा जीत बहादुर कटुवाल र उपाध्यक्षमा सावित्री सुनुवार वडा नं १ देखि वडा नं ७ सम्मका वडाध्यक्षका उम्मेद्वारहरु क्रमशः ङापेम्बा शेर्पा, चुडामणी श्रेष्ठ, रमेश कुमार सुनुवार, मान बहादुर खत्री, टिकाराम कार्की, भरतराज खड्का र शरण कुमार सुनुवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्