दुरागाउँमा गुनासा सुन्न २४ सै घण्टे हटलाइन सेवा सुरु गर्छुः तामाङ



२७ वैशाख, रामेछाप ।
नेकपा एमालेवाट लिखु तामाकोशी गाउँपालिका– १ दुरागाउँवाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका प्रदिप तामाङले आफुले वडाको चुनाव जिते जनतालाई सेवा दिन २४ सै घण्टा उपलब्ध हुने हटलाईन सेवा सञ्चालनमा ल्याउने बताएका छन् । स्थानीयले वडावाट लिने सेवा सुविधालाई व्यवस्थित र पारदर्शी बनाउने तथा जनताले वडावाट सो हटलाईनमा फोन गरेर आफ्ना गुनासा टिपाएपछि सात दिनभित्र सो समस्याको हल हुने वा नहुने विषयमा छिनोफानो गर्नेगरि संरचना तयार गर्ने बताएका छन् ।

आफ्नो घोषणापत्र जारि गरिसकेका तामाङले दुरागाउँमा पानीको प्रसस्त स्रोत भएका कारण त्यसलाई व्यवस्थापन गरेर सवै जनताको घरघरमा २४ सै घण्टा पानी उपलब्ध गराउने बाचा गरेका छन् ।‘दुरागाउँका जनतालाई सवैभन्दा प्रभावकारी ढंगवाट सेवा सुविधा दिनका लागि म र हाम्रो टिम प्रभावकारी ढंगवाट खट्ने र वडावासिका गुनासाहरुलाई प्राथमिकतामा राखेर काम अगाडि बढ्नेछ,’ तामाङले भने ।
यस वडामा नयाँ उद्यम गर्न चाहनेहरुका लागि वडाले विउ पूँजी उपलब्ध गराइनेछ, जसवाट यस वडामा उद्यमशीलताको विकास गराइने उनले जानकारी दिए । “कोहि पनि वडावासी नयाँ उद्योग तथा व्यवसाय गर्न चाहेको खण्डमा वडाले समानुपातिक रुपमा सो कार्यका लागि अनुदानस्वरुप पैसा दिने र व्यवसायमा लाग्नका लागि प्रेरित गर्ने हाम्रो लक्ष हुनेछ ।“

प्रत्येक ४र४ महिनामा वडावासिको स्वस्थ्य जाँच गर्ने र जसमा सुगर, प्रेसर, किड्नी, मुटु लगायतका रोगहरुको जाँचको व्यवस्था मिलाइने र जसवाट दीर्घरोग लाग्नवाट वडावसीहरु सुरक्षित रहनलाई हाम्रो प्रयत्न जारी रहनेछ ।वडाबाट प्रदान गरिने कुनैपनि सेवामा सेवाशुल्क नलाग्ने व्यवस्था मालिइने उनले जानकारी दिए ।
वडामा रहेका स्कुलहरुलाई प्रविधिमैत्री बनाउँदै लगिने र ऐतिहासिक विरासत बोकेको श्री त्रिपुरेश्वर माविमा बस सेवा स ञ्चालन गर्ने बताएका छन् । विद्यलायहरुमा राजनीतिक हस्तक्षेप व्याप्त रहेको भन्दै उनले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्ता पार्नका लागि अधिक प्रयास गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

साथै, दुरागाउँमा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति तथा पूर्ण दरवन्दि सहित एक्सरे, मिनिल्याव र प्रशुति सेवा स्थापना गरी त्यहाँ सर्वसुलभ सेवा दिने बचनबद्दता गरेका छन् ।यस वडामा जडिबुटिको प्रसस्त सम्भावना रहेको भन्दै उनले विभिन्न किसिमका जडिबुटिको पहिचान, खेति, प्रशोधन र बजारिकरण गर्नका लागि वडाले हरसम्भव सहयोग गर्ने दावी गरेका छन् ।

वडावाट प्रदान गरिने सेवालाई प्रभावकारी तथा जनमौत्री बनाइने तथा गाउँवाट शहरमा विविध पेशा व्यवसायमा आवद्द वडावासीलाई समयसमयमा शिवरमार्फत सेवा दिने जानकारी गराएका छन् । साथै बृद्दाभत्तालाई अब घरघरमा गएर व्यवस्थित तरिकाले दिइनेसमेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्