सुनापति गाउँपालिकाको चुनावी सभाले माओवादी उत्साहित (फोटोफिचर)



२७ वैशाख, रामेछाप ।
चुनावी कार्यक्रम अन्तर्गत नेकपा माओवादीले अन्तिम चुनावी सभा गाउँपालिकाको केन्द्र हिलेदेवीमा सम्पन्न गरेको छ । पाँच वटै वडामा चुनावी घरदैलो सम्पन्न गरेसँगै माओवादीले आज प्रचार प्रसारको अन्तिम दिन पालिकाको केन्द्रमा चुनावी सभा सम्पन्न गरेको हो । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले परिवर्तनकारी शक्तिले आगामी स्थानीय तहको निर्वाचन जित्ने बताए । उनले सुनापति गाउँपालिका जनयुद्धदेखि हालसम्म कम्युनिष्टहरुको उदमस्थल भएको बताउदै स्थानीय तहको निर्वाचनमा पनि माओवादी विजयी हुने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज चौलागाईले सुनापति गाउँपालिकामा माओवादीको जित सुनिश्चित भएको बताए । उनले भने,‘गत निर्वाचनमा पनि माओवादीले जितेको हो, अबको निर्वाचन पनि पार्टीले जित्छ ।’
सभालाई सम्बोधन गर्दै माओवादी सुनापति गाउँपालिकाका अध्यक्षका उम्मेदवार ठूलोकान्छा तामाङ विगतमा राम्रो काम गरेकाले यस पटक पनि माओवादीले नै पालिकाको चुनाव जित्ने बताए । उनले पाँच वटै वडामा बलियो संगठन भएकाले चुनाव जित्नेमा कुनै पनि शंका नरहेको बताए ।


कार्यक्रममा माओवादीका नेता बिबी तामाङले पालिकामा पार्टीको सांगठानिक अवस्था मजबुद्ध भएकाले चुनाव जित्नेमा कुनै पनि आशंका नरहेको बताए । उनले भने,‘पार्टीको पक्षमा जनलहर आएको छ, जनताले माओवादीलाई नै माया गरेका छन, सुविधाजनक ढंगले हामी चुनाव जित्छौं ।’

यी हुन माअाेवादीका उम्दवारहरु 

पालिका प्रमुख :- ठूलो कान्छा तामाङ

पालिका उपप्रमुख :- गीता बिष्ट

वडानं १ अध्येक्ष :- चण्डेश्वरचौलागाई (राजु) दलित सदस्य :- रिता कामी धमला महिला सदस्य:- डोल कुमारी तिमल्सिना खुल्ला सदस्य:- भीम प्रसाद चौलागाई खुल्ला सदस्य:- चन्द्र बहादुर तितुङ

वडा नं २ अध्यक्ष:- पदम बहादुर थापा खुल्ला सदस्य :- देव बहादुर मगर खुल्ला सदस्य :- लाल बहादुर तामाङ महिला सदस्य :- अविना लामा दलित महिला:- कुमारी कामी

वडानं ३ अध्यक्ष :- कुल बहादुर थिङ दलित सदस्य :- हर्की माया बि.क महिला सदस्य :- साइली तामाङ खुल्ला सदस्य :- मान बहादुर मगर खुल्ला सदस्य :- राम कुमार श्रेष्ठ

वडा नं ४ अध्यक्ष :- दण्डुब लामा खुल्ला सदस्य :- निशान लामा खुल्ला सदस्य:- राजेश्वर बोहरा महिला सदस्य :- सुन माया तामाङ दलित सदस्य :- मैया बि क

वडा नं ५ अध्यक्ष :- चित्र बहादुर मानन्धर खुल्ला सदस्य:- प्रेम बहादुर थापा खुल्ला सदस्य :- राम हरी जर्गा महिला सदस्य:- हरिमाया श्रेष्ठ दलित महिला:- कमला बि क

प्रतिक्रिया दिनुहोस्