रामेछापमा कांग्रेसले १० प्रमुख/उपप्रमुखसहित ३५ वटा वडामा चुनाव जित्छः तामाङ



२७ वैशाख, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले यस पटक रामेछापमा पार्टीले राम्रो नतिजा ल्याउने दावी गरेका छन् । उनले विगतको भन्दा पार्टीको सांगठानिक अवस्था बलियो बनेका परिणाम पनि राम्रो आउने बताएका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै तामाङले भने,‘कांग्रेसले प्रमुख/उपप्रमुखसहित १० जना र ३५ भन्दा बढी वडा अध्यक्ष जित्ने हाम्रो आकडा छ ।’

गत निर्वाचनमा कांग्रेसले रामेछाप नगरपालिकामा नगरप्रमुख उप्रमुख र उमाकुण्ड गाउँपालिकामा उपाध्यक्षसहित १३ वटा जितेको थियो । यस पटक भने तेब्बरको संख्यामा वडामा जित्ने दावी गरेको छ । त्यसैगरी स्थानीय तहको प्रमुख उपप्रमुखमा पनि आधा भन्दा बढी जित्ने दावी कांग्रेसले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्