रामेछापको आठ वटै स्थानीय तहमा एमालेले चुनाव जित्छः ढुंगेल



२७ वैशाख, रामेछाप ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुंगेलले स्थानीय तहको निर्वाचनमा एमालेले आठ वटै स्थानीय तहमा निर्वाचन जित्ने दावी गरेका छन् ।

उनले गत निर्वाचनमा हारेको तीन वटा स्थानीय तहसहित सबै पालिकामा चुनाव जित्ने दावी गरेका हुन् । रामेछाप न्युजसँग कुराकानी गर्दै ढुंगेलले भने,‘आठ वटै स्थानीय तहमा जित्ने आधार बनेको छ, ६४ मध्ये यस पटक एमालेले ५० वटा वडामा चुनाव जित्छ ।’

उनले चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताउदै निर्वाचन धाँधलीरहित नहुने हो कि भन्ने आशंका प्रशासनबाट आभाष हुन थालेको बताए । उनले भने,‘निर्वाचन निष्पक्ष भए मात्र पुग्छ, हामीले खोजेको त्यति हो ।’

प्रतिक्रिया दिनुहोस्