रामेछापको चार वटा स्थानीय तहसहित ३० वटा वडा जित्छौंः श्रेष्ठ



२७ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठले पार्टीले स्थानीय तहको निर्वाचनमा चार वटा स्थानीय तहमा चुनाव जित्ने दावी गरेका छन् । उनले सुनापति दोरम्बा गाउँपालिकासँगै रामेछाप र मन्थली नगरपालिकामा यस पटक पार्टीले चुनाव जित्ने बताएका हुन् । श्रेष्ठले गठबन्धनबाट उम्मेदवारी दिएको स्थानीय तहमा उपप्रमुख पनि जित्ने दावी गरे ।

श्रेष्ठले रामेछाप न्युजसँग भने,‘पार्टीको पक्षमा महोल राम्रो बनेको छ, चार वटा स्थानीय तहमा हामी चुनाव जित्नेमा ढुक्क छौं ।’ सुनापति एक्लै चुनाव लडेको माओवादीले अन्य स्थानीय तहमा पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको छ ।
माओवादीले गत निर्वाचनमा दुई स्थानीय तहसहित २३ वटा वडामा निर्वाचन जितेको थियो । यस पटक भने माओवादीले ४० भन्दा बढी वडामा चुनाव जित्ने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्