नक्कली ट्वीटरकाे हल्लाले कुलमान हैरान



२८ वैशाख, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले आफ्नो फोटो राखेर नक्कली आइडीबाट स्थानीय चुनावको बारेमा गलत सूचना सम्प्रेषण भएकोप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो नाम र तस्बिर प्रयोग गरी नक्कली खाता खोलिएको आपत्ति जनाएका हुन् । विगत पनि घिसिङलाई विवादित बनाउन उनको फोटो राखेर गलत हल्ला फैलाइदै आएको थियो । अहिले पनि घिसिङको फोटो राखेर स्थानीय चुनावका सन्दर्भमा गलत सूचना सम्प्रेषण भइरहेको थाहा पाएपछि उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘मेरो आधिकारिक ट्विटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्विटर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरूको भ्रममा नपर्न सबैलाई उनले आग्रह गरेका छन् । घिसिङले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रूपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन पनि उनले अनुरोध गरेका छन् ।
यसअघि मंगलबार कुलमानको नाम र तस्बिर भएको एउटा ट्विटर ह्यान्डलबाट काठमाडौंका एक उम्मेदवारको पक्षमा भोट मागिएको थियो। कुलमानको उक्त नक्कली ह्यान्डललाई १७ हजार बढी मानिसले फलो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
mecNAoUZEFrukH, 0C59ZuByR, A46yhqV4C, 5hyAd, 8Uzfr7nbJIi0n, cTrwwrsXQ0kz, qHrDnA, 2VYJwFJFlAi0, ijnfcQ3aM