रामेछापमा एमालेका कार्यकर्ताले माओवादीका उम्मेदवारको टाउको फुटाएपछि……



२९ वैशाख, रामेछाप ।
चुनावको संघारमा देशभर राजनीतिक दलहरुबीचको झडप हुने क्रम बढेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा माओवादी केन्द्रका उमेदवार माथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेका छन् । आक्रमणबाट बडाध्यक्षका उमेदवारसहित तीनजना माओवादी कार्यकर्ता घाइते भएका छन् । घाइते मध्य वडाध्यक्षका उमेद्वार यमबहादुर कार्की कोअवस्था गम्भीर रहेको छ ।

जिल्लामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा भर्ना गरिएको छ । आक्रमणमा परी रोशन कार्की, विक्रम कार्की र रुद्र भूजेल सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । एमालेका कायृकर्ताले मतदातालाई पैसा बाँडेको भन्दै माओवादीका कार्यकर्ताहरुले पैसा बाँडन नहुने धारणा राखेपछि एमालेका कार्यकर्ता आक्रमणमा उत्रिएको माओवादीका गोकुलगंगा गाउँपालिकाका इन्चार्ज प्रेम कुमार कार्की सेवकले जानकारी दिए ।

घटनाको जानकारी पाए लगतै घटना स्थलमा प्रहरी पुगेपछि आक्रमण गर्ने एमालेका कार्यकर्ता फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताए । घाइते उमेद्वार यमबहादुर कार्कीको टाउकोमा चोट लागेको र रगत जमेर अवस्था गम्भीर हुन सक्ने भएकाले काठमाडौं पठाइएको बताइएको छ । यता एमालेले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्