रामेछापको आठ वटै स्थानीय तहको मतगणना स्थलमा सिसी क्यामेरा जडान



२९ वैशाख, रामेछाप ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले रामेछाप जिल्लाभित्र चुनावको सम्पूर्ण तयारी भएको बताएको छ । जिल्लाको आठ वटा स्थानीय तह र ६४ वटै वडामा निर्वाचनको सम्पूर्ण तयार पुरा भएको बताएको हो । रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनका लागि सम्पूर्ण तयारी पुरा भएको रामेछाप न्युजलाई बताए ।

भोली हुने हुने स्थानीय तहको निर्वाचनमा रामेछापमा कुल मतदाताको संख्या १ लाख ७८ हजार ८६७ जना रहेका छन् । भट्टले भने,‘जिल्लाको आठ वटै स्थानीय तहको मतगणना हुने स्थलमा सिसी क्यामेरा जडान गरेका छौं, मतगणना स्थलमा तार जालीको व्यवस्था गरेका छौं ।’
मतगणना स्थल र मतपेटीकाको निगरानीको लागि यस पटकको निर्वाचनमा निर्वाचन आयोगले सिसी क्यामेरा जडानलाई अनिवार्य बनाएको छ । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा मतगणना हुने स्थलमा पाँच वडा सिसी क्यामेरा जडान गरिएको छ । बाँकी स्थानीय तहमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्