कुलमान घिसिङले सुनापति गाउँपालिकाबाट मतदान गर्ने



२९ वैशाख, रामेछाप ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनापति गाउँपालिका–४ बेथानको वडा कार्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । सुनापति गाउँपालिका–४ डहु निवासी घिसिङ मतदानका लागि आज आफ्नो जन्मथलो डहु आइपुगेका हुन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले गाउँमै आएर मतदान गरेका थिए । घिसिङले रामेछाप न्युजसँग भने,‘मतदान गर्न गाउँ आइपुगेको छु ।’

प्रतिक्रिया दिनुहोस्