स्थानीय तह निर्वाचन–२०७९ः रामेछाप पनि मतदान सुरु



३० वैशाख, रामेछाप । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । रामेछाप जिल्लाको आठ वटा स्थानीय तको ६४ वटै स्थानीय तहमा मतदान सुरु भएको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।

यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।
रामेछाप जिल्लाको आठ वटा स्थानीय तको ६४ वटै स्थानीय तहमा मतदान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्