रामेछापमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छः डिएसपी थिङ



३० वैशाख, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन् । उनले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउदै तीन वटै सुरक्षा निकायबाट मतदान केन्द्रको निगरानी भइरहेको बताएका हुन् ।

डिएसपी थिङले रामेछाप न्युजसँग भने,‘भयरहित ढंगेल ९२ मतदान स्थल र २२३ मतदान केन्द्रमा मतदान भइरहेको छ ।’ उनले सुरक्षाको विषयमा आफूहरु संवेदनिशल रहेको बताउदै सम्भावित कुनै पनि घटना हुन नदिन प्रहरी सचेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्