अपडेटः रामेछापमा रोकिएको मतदान केन्द्रमा पुनः मतदान सुचारु गराउने तयारी



३० वैशाख, रामेछाप ।
रामेछापको चार मतदान केन्द्रमा झडप भएपछि रोकिएको मतदात प्रक्रिया पुनः सुचारु गराउनको लागि जिल्ला सुरक्षा समितिले आवश्यक तयारी थालेको छ । चार स्थानमा झडप हुँदा प्रहरीले एक जर्दन भन्दा बढी हवाई फायर गरेको थियो । अहिले झडप भएको मतदान केन्द्रलाई सुचारु गराउनको लागि सर्वदलीय बैठक बसिरहेको छ ।

यता रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठक पनि सुरु भएको छ । जिल्ला सुरक्षा समितिमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागीता रहेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले झडपको कारण स्थगित भएको मतदान केन्द्रमा पुनः मतदान गराउने प्रक्रिया अघि बढाउने तयारी गरिएको रामेछाप न्युजलाई बताए ।

उनका अनुसार झडप भएको स्थानमा थप सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।यसैबीच सुनापति गाउँपालिका–२ दिमीपोखरीको मानपुर र पानी ट्याङकी मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्