रामेछापमा हालसम्म ६० प्रतिशत भन्दा बढी मत खस्यो



३० वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा बिहान ७ बजेदेखि हालसम्म ६० प्रतिशत मतदान सम्पन्न भएको छ । मुख्य निर्वाचन कार्यालय रामेछापका अनुसार उत्साहजक रुपमा मतदान भइरहेको छ ।

रामेछापका मुख्य निर्वाचन अधिकार दिवाकर भट्टले जिल्लाको ८ स्थानीय तह र ६३ वडा वडामा गरी ६० प्रतिशत भन्दा बढी मतदान भएको रामेछाप न्युजलाई जानकारी दिए । रामेछापमा १ लाख ७८ हजार मतदाता रहेका छन् । यस पटकको निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्