रामेछापको ७ वटा स्थानीय तहमा आजैबाट मतगणना सुरु हुने



३० वैशाख, रामेछाप ।
रामेछापको आठ स्थानीय तह मध्ये सात वटा स्थानीय तहमा आजैबाट मतगणना सुरु हुने भएको छ । खाँडादेवी गाउँपालिका–१ राकाथुममा झडपपछि मतदान प्रक्रिया सुरु हुन नसकेपछि स्थगित भएको छ । बाँकी सात वटा स्थानीय तहमा मतदान प्रक्रिया सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले बताएको छ ।

रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले सात वटा स्थानीय तहमा आजैबाट मतगणना सुरु हुने रामेछाप न्युजलाई बताए । खाँडादेवी गाउँपलिका बाहेक अन्य स्थानीय तहको वडाबाट मतपेटिका संकलन भएपछि राजनीतिक दलहरुबीच सहमति गरेर आजैबाट मतगणना प्रक्रिया अघि बढाइने उनले बताए । भट्टका अनुसार गाउँपालिका र नगरपालिकाको केन्द्रमा मतगणना हुनेछ । मतगणनाको लागि सबै स्थलमा तारजाली र सिसी क्यामेरा जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्