रामेछाप नगरपालिकामा १६ हजार ३३८ मत खस्यो, कुन वडामा कति मत खस्यो ?



३० वैशाख, रामेछाप ।
रामेछाप नगरपालिकामा मतदान सम्पन्न भएको छ । नगरपालिकाको नौ वटै वडामा मतदान सम्पन्न भएको छ । रामेछाप नगरपालिकामा १६ हजार ३३८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार वडा नम्बर १ गोठगाउँमा १४८१, वड नम्बर २ देउराली १९८५, वडा नम्बर ३ साँघुटार १३३९, वडा नम्बर ४ हिमगंगा२३०४, वडा नम्बर रामपुर २१६५, वडा नम्बर ६ ओख्रेनी १९६६, वडा नम्बर सुकाजोर २१२३, वडा नम्बर ८ रामेछाप १९८६ र वडा नम्बर ९ ल्याङल्याङमा ९८८ मत खसेको निर्वाचन आयोगले रामेछाप न्युजलाई जानकारी दिएको छ ।२०७४ को स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिकामा १२ हजार ९७० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्