स्थानीयले मतपेटिका नै लुटेर भागेपछि‍‍‍‍‍ ‍‍‍…….



तस्बीरः सामाजिक सञ्जालबाट

३० वैशाख, काठमाडौं ।
स्थानीय तहको निर्वाचनमा देशको ठाउँठाउँमा झडप भइरहदा मधेश प्रदेशमा पनि मतदान सकिएपछि स्थानीयले मतपेटिका भएको ढ्वाङनै लिएर भागेका छन् । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–२ भिडियाही टोलमा स्थानीयले मतपेटिका नै लुटेर हिँडेका हुन् ।

स्थानीयबासिन्दाले श्री मावि​​ मतदान केन्द्रको मतपेटिका लुटेका हुन्। उनीहरुले त्यहाँबाट तीनवटा मतपेटिका लिएर खेतैखेत भागेका छन् । यमुनामाई गाउँपालिकाका मतदान अधिकृत हरिप्रसाद शर्माले मतपेटिका लिएर हिँडेपछि अहिले अवस्था सामान्य तर्फ गएको बताए । उनका अनुसार प्रहरीले नियन्त्रणको प्रयास गर्दागर्दै मतदान गरिएका मतपेटिका नै स्थानीय लुटेर सडकमा लगेर फुटाइदिएका छन् ।
यो स्थानमा शुक्रबार मतपेटिका च्यात्नेदेखि झडपसम्मका गतिविधि भएका थिए। त्यहाँ दिउँसो प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास हानेको थियो।

प्रतिक्रिया दिनुहोस्