रामेछापमा बुबाको किरिया बसेका वडा अध्यक्षका उम्मेदवार कार्कील गरे मतदान



३० वैशाख, रामेछाप ।
रामेछापमा बुबाको निधन भएपछि किरिया बसेका वडा अध्यक्षका एक उम्मेदवारले मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । मन्थली नगरपालिका–२ मा नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र कार्कीले वडा नम्बर २ को मतदान केन्द्रमा पुगेर मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

वडाअध्यक्षका उम्मेदवार कार्कीसहित उनका दाजु सुरज कार्कीसहितका परिवारका सदस्य आफै गाडी लिएर मतदान केन्द्र पुगेका थिए । वडा अध्यक्षका उम्मेदवार कार्कीका बुबाको तीन दिन अघि असामहिक निधन भएको थियो । शोकमा रहे पनि उनले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्