गोकुलगंगा गाउँपालिकामा १२ हजार २४१ मत खस्यो



३० वैशाख, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकामा १२ हजार २१४ मत खसेको छ । आज सम्पन्न भएको निर्वाचनमा पालिकाको ६ वटा वडामा गरी सो मत खसेको हो ।
निर्वाचन अधिकृतको कार्यालय गोकुलगंगाले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार वडा नम्बर १ चुचुरमा १६७२, वडा नम्बर २ ठोसमा १४६८, वडा नम्बर ३ रस्नालुमा २६५१, वडा नम्बर ४ बेतालीमाा २६८२, वडा नम्बर ५ नामाडीमा २४०३ र वडा नम्बर ६ फर्पुमा १३६५ मत खसेको छ ।

 

प्रतिक्रिया दिनुहोस्