सुनापति गाउँपालिकामा १२ हजार ८१६ मत खस्यो



३० वैशाख, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिकामा १२ हजार ८१६ मत खसेको छ । आज सम्पन्न निर्वाचनमा कुल १८ हजार ५१५ मतदाता मध्ये १२ हजार ८१६ मत खसेको हो ।
सुनापति गाउँपालिकाका सहायक निर्वाचन अधिकृत एवं सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार वडा नम्बर १ गुन्सीमा २१४६, वडा नम्बर २ दिमीपोखरीमा २३७९, वडा नम्बर ३ हिलेदेवीमा २३३६, वडा नम्बर ४ बेथानमा ३५९५ र वडा नम्बर खनियापानीमा २४६० मत खसेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा सुनापति गाउँपालिकामा १० हजार ७४१ मत खसेको थियो । गत निर्वाचन भन्दा दुई हजार भन्दा बढी मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्